८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन: मन्त्री किराँती

राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन: मन्त्री किराँती
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको बताउनु भयो ।

उहाँले सरकारले पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेको बताउनु भयो । मन्त्री किराँतीले पर्वतारोहणको क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको बताउनु भयो । उहाँले पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताउनु भयो । उहाँले पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर माथिको उचाईबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको महत्व घट्ने विषयमा पनि सचेत रहेको बताउनु भयो ।

उहाँले नेपालमा संस्कृतिको ऐन नभएकाले सरकारले राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्न लागेको बताउनु भयो। उहाँले नेपालका कतिपय नीतिहरु नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन नसकिएको बताउनु भयो। उहाँले पर्यटन क्षेत्रको विकासका लागि संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको बताउनु भयो। उहाँले २२ वटा विमानस्थलहरु खाली रहेको भन्दै उक्त विमानस्थलमा राज्यको खर्बौं बजेट खर्च भएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘वर्तमान पर्यटन ऐन राजतन्त्रकालिन छ । २०३५ सालको पर्यटन ऐनले अहिलेको आवश्यकता भावनाको कदर गर्न सक्दैन । त्यसकारण मन्त्रालयले समग्रमा पर्यटन ऐनको निर्माणको चरणमा छौं । अहिलेको समय सापेक्षित ऐन बनाउने छौं । सगरमाथा चढ्ने नियमावलीमा अब सगरमाथाको ८ हजार मिटर माथिबाट दोब्बर दस्तुर तिरेर प्याराग्याडिङ पाउने छन् । हामीलाई चाहिएको डलर हो । दोब्बर दस्तुर तिर्न चाहने मान्छेले ८ हजार मिटरबाट प्याराग्याडिङ गर्न पाउने तर पिकबाट गर्न नपाउने पिकबाट गराउँदा महत्व घट्ने र हावाले उडाएर चीन पुर्‍याउन सक्ने संबेदनशिलतालाई ख्याल गरेर नियमावली ल्याउँदै छौं । पुरानो कानूनहरुले अहिलेको पर्यटन नेतृत्व गर्न सकि रहेको छैन । नेपालमा संस्कृतिको ऐन नै छैन ।

राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्दै छौं । कतिपय नीतिहरु नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन सकेका छैनौं । संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको छ । २२ वटा विमानस्थलहरु खाली छन् । खर्बौं बजेट विमानस्थल बनाउन खर्च भएको छ । नेपाल एयरलाइन्सको नाफाका कुरा आएका छन् । एनसी धमिजा,लाउण्डा र कोभिड महामारी छलेर आएको हो । विश्वका सरकारका धेरै वायुसेवाहरु डुबे स्थायी त डुब्यो । तर देशलाई ठाएर डुब्यो । अहिलेको सरकार आएपछि एनसी अप्रेशनल कस्टमा नाफामा गएको छ ।

पौने ४ अर्ब ऋण तिरेर देखायौं । तीनवटा जहाज किन्न अन्तिम तयारीमा छौं । निगमसँगै पैसा छ । ४८ अर्बको ऋण कहिले तिर्ने भन्नुहुन्छ । व्यापार गर्न दिनुस् । जहाज किन्न नदिने अनि पहिला ऋण तिरेर पछि किन जहाज किन्नु ? अण्डा दिने पोथीलाई काटेर खाएपछि सिद्धिन्छ । मन्त्रालय कसले चलाउँछ भन्ने प्रश्नमा मन्त्रालय हामीले नै चलाउने हो । तर यहाँ बुद्धि पुर्‍याइएन भने वनझाँक्रीले चलाउन खोज्दा रहेछन् । मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरुले चलाइदिन्छन् ।’

मन्त्री किराँतीले आफू मन्त्री भएर आएपछि एनसी धमिजा,लाउण्डा र कोभिड महामारी छलेर आएको नेपाल एयरलाइन्स नाफामा रहेको दाबी गर्नुभयो । उहाँले वायुसेवा निगमले पौने ४ अर्ब ऋण तिरेरको भन्दै तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताउनु भयो । उहाँले निगमको ४८ अर्बको ऋण जहाज किन्न दिएर व्यापार गर्न दिएपछि मात्रै तिर्ने बताउनु भयो । उहाँले मन्त्रीले बुद्धि पुर्‍याउन सकेन भने मन्त्रालय वनझाँक्रीले चलाउन खोज्ने अवस्था रहेको बताउनु भयो । उहाँले मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरुले चलाइदिने दाबी गर्नुभयो ।