२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो, पहिला ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले टस हारेको छ ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियम भएको टस जितेर भारतका कप्तान रोहित शर्माले पहिले फिल्डिङ रोजेको हो । यससँगै नेपालले ब्याटिङ गर्ने भएको छ ।

दुवै टीमले टोलीमा एक–एक परिवर्तन गरेका छन् । नेपालले आरिफ शेखको स्थानमा भीम सार्कीलाई र भारतले जसप्रित बुमराहको स्थानमा मोहम्मद सामीलाई खेलाउने छ ।

यो नेपालको भारतको सिनियर टोलीसँगको पहिलो ऐतिहासिक खेल हो । भारत छिमेकी राष्ट्र भए तापनि उसँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष कुनुपर्‍यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।