२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा



अ+ अ-

एजेन्सी ।  इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । 

बिहिबार राति भएको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २-० गोलले पराजित गर्दै समग्रमा ३ १ को नतिजासहित फाइनलमा प्रवेश गरेको हो । 

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको २८ औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

काई हावर्ट्जले पोस्टमा गरेको प्रहार क्रसबारमा लाग्दै फर्किन पुगेको थियो, मार्कमा रहेका वेर्नरले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । 

८५ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । चेल्सीले उपाधिका लागि मे २९ मा अटाटुर्क ओलम्पिक स्टेडियममा अर्को इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।