• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा नगर्न राप्रपा प्रमुख सचेतक शाहीको चेतावनी ★   कर्णाली प्रदेशका सडकमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने सांसद थानीको चेतावनी ★   राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान ★   कालोपट्टी बाँधेर धर्ना बसे संसद्का कर्मचारी ★   संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण ★   चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर ★   देशमा अत्याचार बढेको छ: सांसद पाण्डे ★   अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सांसद शर्माको ध्यानाकर्षण ★   मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो ★   नेकपा एस महाधिवेशन: मतदाता नामावली आज प्रकाशन हुँदै

आज कालिमाटीमा तरकारी तथा फलफूलको भाउ कति छ ? (सूचीसहित)



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ६५, भारतीय ठूलो गोलभेँडा ७५, टनेल गोलभेँडा सानो ६०, लोकल गोलभेँडा सानो ५५, घिउ सिमी लोकल ९० ,घिउ सिमी(हाइब्रीड)८५, काउली स्थानीय प्रतिकेजी ९६, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४५, हरियो फर्सी ५५, घिरौला ४५, चिचिण्डो ५५ र परबल ५५ रुपैँया कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ६६, भन्टा लाम्चो ५५, भन्टा डल्लो ६५ ,तने बोडी ८५, भटमास कोसा १३०, टाटे सिमी ८५, तितो करेला ९६, मूला रातो ९५, मूला सेतो लोकल ९५, गाजर १४०, भिण्डी ४४, स्कुस २९ मा कारोबार भईरहेको छ ।

ब्रोकाउली २९०, डल्लेच्याउ ३५६, कन्य च्याउ १७२, कुरीलो ५५०, न्यूरो ९५, तोफु ११६ र तामा ९६, रायो साग १५६, तोरी साग ५५ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७४, लसुन सुकेको चाइनिज २३५, लसुन सुकेको नेपाली २७०, काक्रो लोकल ७२, काक्रो हाइब्रीड ६५, कागती १७२, अदुवा १८०, खु्र्सानी हरियो ८६, अकबरे खुर्सानी १७५, हरियो धनिया १७५ रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३३५, केरा (दर्जन) १४६, अनार ३२५, कालो अंगुर ४७५, तरबुजा ६६, रुख कटहर ६८, भुई कटहर १७५, लोकल नासपाती ७६, चाइनिज नासपाती ३१०, अम्बा १२०, मेवा (भारतीय) ८६, किवि ६५०,आभोकाडो ३०० तोकिएको समितिले जनाएको छ ।