११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कालिमाटीमा तरकारी तथा फलफूलको भाउ कति छ ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ६५, भारतीय ठूलो गोलभेँडा ७५, टनेल गोलभेँडा सानो ६०, लोकल गोलभेँडा सानो ५५, घिउ सिमी लोकल ९० ,घिउ सिमी(हाइब्रीड)८५, काउली स्थानीय प्रतिकेजी ९६, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४५, हरियो फर्सी ५५, घिरौला ४५, चिचिण्डो ५५ र परबल ५५ रुपैँया कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ६६, भन्टा लाम्चो ५५, भन्टा डल्लो ६५ ,तने बोडी ८५, भटमास कोसा १३०, टाटे सिमी ८५, तितो करेला ९६, मूला रातो ९५, मूला सेतो लोकल ९५, गाजर १४०, भिण्डी ४४, स्कुस २९ मा कारोबार भईरहेको छ ।

ब्रोकाउली २९०, डल्लेच्याउ ३५६, कन्य च्याउ १७२, कुरीलो ५५०, न्यूरो ९५, तोफु ११६ र तामा ९६, रायो साग १५६, तोरी साग ५५ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७४, लसुन सुकेको चाइनिज २३५, लसुन सुकेको नेपाली २७०, काक्रो लोकल ७२, काक्रो हाइब्रीड ६५, कागती १७२, अदुवा १८०, खु्र्सानी हरियो ८६, अकबरे खुर्सानी १७५, हरियो धनिया १७५ रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३३५, केरा (दर्जन) १४६, अनार ३२५, कालो अंगुर ४७५, तरबुजा ६६, रुख कटहर ६८, भुई कटहर १७५, लोकल नासपाती ७६, चाइनिज नासपाती ३१०, अम्बा १२०, मेवा (भारतीय) ८६, किवि ६५०,आभोकाडो ३०० तोकिएको समितिले जनाएको छ ।