• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण



काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको हो ।

उहाँले अन्य कर्मचारीहरुले नियमानुसारको अतिरिक्त समय काम गरेको भत्ता पाइरहेको भएपनि संसदका कर्मचारीहरुले नपाएको भन्दै संसदका कर्मचारीहरुमाथि अन्याय भएको बताउनु भयो । उहाँले संसदमा सांसदहरुका लागि पढ्न राखिने अखबारहरुमा समेत कटौती भएको भन्दै मुलुकको आर्थिक अवस्था सांसदहरुको अखबारमा कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जुन सुविधा अरु कर्मचारीले पाएका छैनन् । त्यो सुविधा संसदको कर्मचारीहरुले पनि पाउनुपर्छ भन्ने मेरो भनाई पनि छैन । तर जे सुविधा अरु मन्त्रालयका कर्मचारीहरुले पाएका छन्, त्यो सुविधा संसद सचिवालयका कर्मचारीहरुले नपाउने कुरा चाहीँ हुँदैन । उहाँहरुले कोभिड यता उहाँहरुले ओभरटाइम गरेको कुनैपनि भत्ता पाउनुभएको छैन । हिजोको मागिराख्नु भएको छैन । नियम, कानुन अनुसारको भत्ता अहिले पनि नपाउने भन्नेकुरा त अन्याय भयो नि । त्यो अर्थ मन्त्रालयका कर्मचारीले पाउने । अन्तका कर्मचारीले पाउने । संसदका कर्मचारीले चाहीँ किन नपाउने ? आज यहाँ देखिरहेका छौँ, सभामुखज्यूलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारीहरु सबै हुनुहुन्न । वहाँ बाहिर धर्नामा हुनुहुन्छ । संसदभित्र यो दृश्य उपस्थित हुनु आफैँमा दु:खद् हो कि होइन । ६, ७ महिना अगाडी जति अखबार सांसदहरुलाई पढ्न भनेर त्यहाँ राखिन्थ्यो, महत्वपूर्ण कतिपय अखबारहरु कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरुलाई दिइने पत्रिका पनि कटौती गर्ने अवस्थामा पुगेको हो र ? म सरकारलाई आग्रह गर्छु, नियमले दिने सुविधाहरु, भत्ताहरु अहिले कटौती गर्नु भएन । उनीहरुलाई अब त दिन थालियोस् ।’

सांसद पन्तले संसदलाई सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री जन्माउने संसदका कर्मचारीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।