२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट: आज नेपालले पहिलो पटक भारतसँग खेल्दै



अ+ अ-

काठमाडौँ । नेपालले आज एसिया कप २०२३ को दोस्रो खेलमा भारतसँग खेल्दैछ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।

नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।

नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका हुन् ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान २ खेलमा ३ अंकका साथ समूह ए बाट सुपर फोरमा पुगेको छ । भारतको एक खेलमा एक अङ्क छ भने नेपाल अङ्कविहीन छ । नेपालले पहिलो खेलमा हार बेहोरेको कारण सुपर फोरमा पुग्न जित बाहेक अन्य कुनैपनि विकल्प छैन ।

समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

एसिया कप २०२३ का लागि नेपाली टोली: कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, प्रतिस जीसी, अर्जुन साउद, मौसम ढकाल, किशोर महतो ।

एसिया कप २०२३ का लागि भारतीय टोली: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन (विकेटकीपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, जसप्रित बुमराह, मोहम्मद सिराज, अक्षर पटेल, सूर्यकुमार यादव, प्रसिद्ध कृष्ण, तिलक वर्मा, केएल राहुल ।