काठमाडौ । नेकपा एमालेको स्थायी समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा सुरु भएको छ । बैठकमा बैशाख २७ गते प्रतिनिधिशभा बाट बिश्वासको मत लिने बिषयमा दलहरु संग भएको छलफल तथा राष्ट्रियसभा उपनिर्वाचनका बारेमा छलफल हुने एक स्थायी समितिका सदस्यले जानकारी दिनुभयो ।
प्रतिनिधिशभा बाट बिश्वासको मत लिने बिषयमा प्रधानमन्त्री केपी ओलीले बुधबार काग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु संग छलफल गर्नुभएको थियो । यसे गरी जनता समाजबादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष संग पनि छलफल गर्नुभएको थियो ।
उता राष्ट्रियसभाको निर्बाचनमा एमालेलले गृहमन्त्री समेत रहनु भएका रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेपनि माधब नेपाल समूहले. अन्य बिपक्षी दलसंग संग मिलेर अन्य उम्मेदवार उठाएपछि त्यसबारेमा पनि छलफल हुने ती सदस्यले जानकारी दिनुभयो ।











