• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिन्छ: अर्थमन्त्री पुन ★   पुन: मतगणनाको आदेश रोक्न माग गर्दे व्यास नगरपालिका मेयर न्यौपाने सर्वोच्चमा ★   इँटा भट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित ★   सङ्खुवासभामा खोलाले बगाउँदा विद्यार्थीको मृत्यु ★   अत्याधिक गर्मीले बाँकेमा छालाका  बिरामी बढे ★   बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको हो: अर्थमन्त्री पुन ★   अस्ट्रेलियाका लागि विश्वकप जिताएका प्याट कमिन्स पानी दिँदै देखिए ★   हुरीबतासको क्षति: बीस ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी ★   केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुंगोमा पुर्‍याउने गरी जुटेका छौँ: मन्त्री गिरी ★   मिचेल स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउने !

सरकारले तीन दिन संविधान दिवस मनाउने



संविधान दिवस २०७९। फाईल फोटो

काठमाडौँ । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ ।

आईतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनुभएको हो ।

उहाँकाअनुसार बैठकले असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।

उहाँले भन्नुभयो, ‘असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ । संविधान दिवस मुल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतमा बसेको बैठकले निर्णय गरेको छ । २ गते विभिन्न कार्यक्रम जस्तो स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गर्ने, ३ गते भव्य, वृहत कार्यक्रम, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर पनि वृहत कार्यक्रम गर्ने । विदेशस्थित राजदुतावासहरु,कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाउने ।’

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने बताउनु भयो ।