२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ नक्साबारे सम्बन्धित देशलाई जानकारी गराएको थाहा छैन: मन्त्री साउद



फाईल फोटो
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको भन्दै छिमेकीसँगको सीमा विवाद कूटनैतिक च्यानलबाट समाधान गर्ने बताउनुभएको छ ।

आइतबार ओखलढुंगाका पत्रकारहरुले चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारको धारणाबारे राखेको जिज्ञासामा उहाँले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक च्यानलको माध्यमबाट नदिइएको बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नेपालको चुच्चे नक्सा जारी गरेको थियो । मन्त्री साउदले भने विगतमा काम गर्दै जाँदा ढंग नपुगेको उल्लेख गर्दै भन्नुभयो, “कहिलेकाहीँ काम गर्दै जाँदाखेरि ढंग नपुगेको जस्तो पनि पटक–पटक देखिने गर्या छ, विशेषगरी नक्सा पास गरिसकेपछि त्यो नक्सा प्रपर च्यानलबाट सम्बन्धित देशहरुमा गयो कि गएन भन्ने बारेमा अहिले पनि मैले मन्त्रालयमा बुझ्दाखेरि गइसकेको भन्ने ठोस जानकारी मैले पाएको छैन ।”

उहाँले बाहिर चाहिँ त्यो बेलाको जिम्मेवारीमा रहेका महत्वपूर्ण साथीहरुले हामीले नक्सा पठायौँ भन्ने किसिमको जानकारी गराएको भए पनि सम्बन्धित देशलाई त्यो नोट गइसकेको या नगइसकेको भन्नेबारेमा आफूले सम्बन्धित आफ्नो मन्त्रालयको सम्बन्धित महाशाखामा बुझ्दाखेरि त्यस्तो नोट गएको जस्तो जानकारी प्राप्त नभएको बताउनुभयो ।

यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको भन्दै परराष्ट्रमन्त्री साउदले भन्नुभयो, “नेपालले आफ्नो नक्सा सार्वभौम संसद्बाट सर्वसम्मतले पारित गरेर जारी गरिसकेको छ । जारी गरिसकेपछि हामी आफ्नो नक्साका बारेमा कमिटेड छौँ र सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको हाम्रो निर्णयको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ ।”

मन्त्री साउदले सीमाको बारेमा कहीँ विवाद भए कूटनीतिक वार्ता र सम्वादबाट निप्टारा गर्नुपर्ने नेपाल सरकारको नीति रहेको जानकारी दिनुभयो । “हामी यसलाई धेरै ठूलो विवाद बनाएर अगाडि बढ्ने भन्दा पनि सबै देशहरुसँग कूटनैतिक सम्वाद, छलफल गरेर यो विवादको समाधान गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।