२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको जीवन रक्षाका लागी सरकार गम्भीर बनः मातृभूमिका लागि नेपाली अभियान



अ+ अ-

काठमाडौ  । नागरिकहरुको स्वास्थ्य र जीवन रक्षाको सवालमा  गम्भीर बन्न मातृभूमिका लागि नेपाली अभियानले सरकारको ध्यानकर्षण गराएको छ । अभियानका केन्द्रिय प्रचार प्रसार विभाग  प्रमुख सुशील देवकोटाले एक बिज्ञप्ति जारी गर्दे यस्तो विषम परिस्थिति र सम्वेदनशील अवस्थामा नागरिकहरुको स्वास्थ्य र जीवन रक्षाको सवालमा नेपाल सरकार हदैसम्म गम्भीर र संम्बेदनशील बन्न आग्रह गर्नुभएको छ ।

बिज्ञप्तिमा कोरोना भाइरसबाट  कुनै एक उमेर समूहका नागरिक मात्र होइनन् युवा, जेष्ठ नागरिक, बालबालिका र अपाङ्ता भएका नागरिकहरु समेत सबै प्रभावित भएका अबस्थामा सरकारले नागरिक प्रतिको दायीत्व बाट बिमुख हुन नहुने  पनि स्मरण गराएको छ । साथै, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, दिर्घरोगी, गर्भवती  तथा सुत्केरी महिला, अभिभावक विहीन  बालबालिका, मजदुरहरु,  सुकुम्वासी, यौनिक तथा लैंगिक अल्पसंख्यक वर्ग तथा समुदायलाई विशेष ध्यान पुर्‍याउन पनि सरकार संग माग गरेको  छ ।

उनिहरुका लागी तत्काल उचित व्यवस्थापनका साथ राहत वितरण  गर्न पनि अभियानले सरकारको ध्यानकर्षण गराएको छ ।अभियानले यो प्रतिकुल परिस्थितिमा धैर्यधारण गर्न नागरिकलाई अपील गर्दे  कोरोना भाइरसबाट सुरक्षीत रहनको लागि अनिवार्य रुपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने,  साबुन पानीले मिचिमिचि हात धुने, भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने, भेटघाट हुँदा हात मिलाउनुको सट्टा हाम्रो सनातन परम्परा अनुसार नमस्कार गर्ने जस्ता तोकिएको मापदण्डहरु पालना गर्न अनुरोध  गरेको छ ।