२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्ड कोरोना परीक्षण गर्दै (फोटोफिचर)



अ+ अ-

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (मावोबादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले आज कोरोना भाइरसको पीसीआर परीक्षण गर्नुभएको छ । उहाँले नयाँबानेश्वरस्थित संसद भवनमा कोरोना परिक्षण गर्नुभएको हो । 

कोभिड १९ परीक्षणका लागि स्वाब लिने कार्य जारी छ । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि हिजो र आज दुईदिन गरि स्वाब संकलन गरेको हो । 

बुधबार (हिजो) स्वाब दिन छुटेका सांसदहरुले आज लोत्से हल पुगी स्वाब दिएका छन् । त्यसैगरी अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाब परीक्षण गरिने सचिवालयले जनाएको छ ।