२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास जग्गा प्रकरणबारे प्रधानमन्त्री– माधवजी औपचारिक रुपमा निर्दोष साबित भईसक्नु भयो



अ+ अ-

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको बताउनुभएको छ ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिआइबीको अनुसन्धानपछि अब पहिलोपटक माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको बताउनुभएको हो ।

‘माधवजी पनि यहाँ हुनुहुन्छ । उहाँको बारेमा पनि धेरै प्रश्नहरु के हो कसो हो भनेर बोलिनै राखिएको छ । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । तपाईंहरु विचार गर्नुहोला औपचारिक रुपले साबित भयो । अब प्रश्न गर्ने ठाउँ रहेन । किनभने सिआईबीले उहाँको पनि के हो कुरा भनेर बयान त लियो ।’, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई मात्र नभएर आफूलाई समेत यो विषयको टेन्सन रहेको बताउदै अब त्यो समाधान भएको जिकिर गर्नुभयो। उहाले भन्नुभयो, ‘बयान लिनु नपर्ने लिखित रुपमै दिएपछि सधैंको टेन्सन । माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि । त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई थियो । हामी त एउटै मोर्चामा थियौं । कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो । अब त्यो स्थिति रहेन दोषी गइरहेका छन् निर्दोष निर्दोष साबित भएका छन् । म तपाईंहरुले के विश्वास दिलाउँछु भने यो अभियान रोकिँदैन ।’

प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकार कडा ढंगले अगाडि बढ्ने र नक्कली शरणार्थी, ललिता निवास, सुन प्रकरण, मिटरब्याज समस्या हल गरी सरकारले सुशासन कायम गरी छाड्ने प्रतिबद्धता जनाउनुभयो ।