२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेटिङबिना विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्रिन सम्भव छैन: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेटिङबिना क्वीन्टलका क्वीन्टल सुन भित्रिन सम्भव नभएको बताउनुभएको छ ।

शुक्रबार समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले विमानस्थलबाट क्वीन्टल सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेकोे बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले सरकारले तत्कारीमाथि अंकुश लगानुपर्ने जिकिर गर्नुभयो। ‘नेपालको विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन भित्रिँदो रहेछ । त्यतिधेरै सुन सेटिङबीना भित्रिन सम्भव छैन । ठूलो मात्रामा विमानस्थलबाट सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेको हो । सुन तस्करी नरोकेसम्म अर्थतन्त्र बलियो हुने छैन’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकार कडा ढंगले अगाडि बढ्ने बताउनुभयो ।