२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेटिङबिना विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्रिन सम्भव छैन: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेटिङबिना क्वीन्टलका क्वीन्टल सुन भित्रिन सम्भव नभएको बताउनुभएको छ ।

शुक्रबार समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले विमानस्थलबाट क्वीन्टल सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेकोे बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले सरकारले तत्कारीमाथि अंकुश लगानुपर्ने जिकिर गर्नुभयो। ‘नेपालको विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन भित्रिँदो रहेछ । त्यतिधेरै सुन सेटिङबीना भित्रिन सम्भव छैन । ठूलो मात्रामा विमानस्थलबाट सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेको हो । सुन तस्करी नरोकेसम्म अर्थतन्त्र बलियो हुने छैन’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकार कडा ढंगले अगाडि बढ्ने बताउनुभयो ।