२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो अपराध ! नेपालमा वर्षेनी कोरोनासँगै भित्रिन्छ कमिसन



अ+ अ-

देश महामारीमा छ । जनता आकुल व्याकुल छन् । दिनहुँ महामारीले ज्यान लिनेको संख्या बढ्दै जाँदा देश शोकमा डुबेको छ । जनतामा निराशा छाउने डर प्रतिदिन बढ्दैछ । 
नयाँ दिल्लीमा पानी पर्दा यता छाता ओढ्नेहरुले पनि त्यता महामारीले जनता मरिरहेको देख्दा यता तयारी केही गरेनन् । अघिल्लो वर्ष पनि त्यतैबाट आएको भाइरसले देशमा क्षति पुर्याएको सबैलाई थाहै थियो । 

अहिले नयाँ भेरिएन्ट आएपछि त्यो नेपाल छिर्ने पक्का पक्की नै थियो । तर भारतमा महामारीले बस्न नसकेपछि दिनहुँ नेपालका कैयौँ नाका भएर नेपाली जनता आफ्नो घर निस्फिक्री फर्किंदै थिए, कतै रोकतोक थिएन । 

आखिर त्यही संक्रमणले अहिले हामीलाई यता गाँजेको छ । प्रतिदिन हामी पनि भारतीय मोडलमा गइरहेका छौँ । त्यता अक्सिजन र अस्पतालका बेड नपाएका समाचार अब हाम्रा पनि भएका छन् । तर सरकारको तयारी केही छैन । 

यो त भयो तयारीको कुरा, जुन सरकारले गर्दैन पहिलेदेखिको चलन नै यही हो । हामीले भोगिआएको सरकार नै यस्तै हो । 

तर यहाँ अर्काे दुःखद पक्ष छ औषधि, स्वास्थ्य सामग्री तथा खोपमा कमिसनको । सुन्दा पनि लाजमर्दाे । मानौँ कि ती कमिसनखोरहरुलाई यो महामारीले नै छुँदैन कि जस्तो । 
यस्तो लाग्दैछ उनीहरु आफू मर्दा, आफ्नो परिवारका सदस्य मर्दा किन्ने कात्रोमा पनि कमिसन खान्छन् होला । यो हामीले गरेको दोषारोपण होइन, देशव्यापी रुपमा नेपाली जनताले आफ्ना सामाजिक सञ्जालहरुमा यही भनिरहेका छन् । 

अघिल्लो वर्ष पनि महामारीले च्यापेपछि नेपाली जनता घरघरमा लकडाउनमा थुनिएर बस्न थाले । त्यस समयमा त खोप आइ सकेको थिएन, हामीलाइ न्यूनतम स्वास्थ्य सामग्री र औषधि चाहिएको थियो । 
सरकारले खरिदको प्रक्रिया शुरु गर्यो । तर ओम्नी समूह, केके समूह निस्किए कमिसनको लागि । अनि सरकारले तिनै बिचौलियाको कमिसनबाटै सामग्री किन्यो नेपाली जनतालाई कम्तीमा पनि दश गुणा बढी पर्न गयो । 

त्यसबेला पनि निरीह नेपाली जनताले ती कमिसनखोर र तिनको पृष्ठपोषण गरेको भन्दै सरकारलाई पनि निकै सरापेका हुन् । तर बीसको उन्नाइस भएन । आखिर त्यही मूल्यमा चीनबाट सामग्री आयो, बाध्य भएर जनताले प्रयोग गर्नुपरो । 

अहिले फेरि ताल उही छ । अहिले बिचौलिया फेरि सल्बलाएका छन् खोपका किन्ने काममा कमिसनका लागि । जनता दिनहँ ज्यान गुमाउदै छन् । देशव्यापी महामारीले त्राही त्राही बनाउँदैछ । तर बिचौलिया, सरकार कमिसनको खेलमा चुर्लुम्म डुबेको छ । 

मान्छे मार्नेलाई मात्र होइन, यसलाई पनि भन्छन् मानवता विरुद्धको अपराध । हो, यही अपराध हुदैछ नेपालमा । जहिले जहिले कोरोनाले घेर्छ, त्यतिबेला कमिसनको चक्कर पनि सँगसँगै भित्रिन्छ । यो हामी सबैका लागि ठूलो अभिसाप हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको सुनिएको छ । 

खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको मन्त्रालयको दाबी छ ।

‘खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परियो,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भनेका छन् ।  उनी भन्छन् ‘यो २७ दिन यति निर्णायक भयो, यही बीचमा भारतमा ह्वात्तै संक्रमण बढ्न थाल्यो । त्यही कारण ५० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढ्न सकेन ।’

‘नेपाली जनतामाथि अन्याय गर्ने यस्ता बिचौलिया पनि देखियो, जसले गर्दा खोप ल्याउन सहज भएन,’ सञ्चारकर्मीसँग त्रिपाठीले भनेका थिए । 

कमिसनकै कारण खोप ल्याउन नदिन बिचौलियाहरू सफल भएको मन्त्रालयको बुझाइ छ । सिरमको नेपाली एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो । हुकाम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा छ । उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत कमिसन मागेको मन्त्रालयको दाबी छ ।

पहिलो डोज खोप लिएका नेपाली जनता दोस्रो डोजको पर्खाइमा रहेका बेला देशको हालत यस्तो छ । अनि यसलाई मानवता विरुद्धको अपराध नभनेर के भन्ने ? त्यसैले यतिखेर सारा नेपालीले सोध्दैछन्– नेपालमा कोरोनासँगै कमिसन किन यसरी भित्रिन्छ ?