२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले शनिवार ६ हजार ७४३ वडामा एकसाथ विशेष अभियानको उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिवार ६ हजार ७४३ वडामा जुममार्फत एकसाथ विशेष अभियानको उद्घाटन गर्ने भएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन ७५३ पालिकाको सबै वडामा एकसाथ  गर्ने जनाएका हुन् ।

प्रवक्ता सापकोटाले अभियानको उद्घाटन पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने जानकारी दिए । उनले भने, प्रधानमन्त्रीज्यूले पार्टी कार्यालय पेरिस डाँडाबाट जुम प्रविधिमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्नुहुन्छ । त्यसपछि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टे डाँडामा हुने कार्यक्रममा जानुहुन्छ ।’