• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

नेपालले बराईनलाई २.५ ओभरमै हरायो



काठमाडौँ । आइसिसी महिला टि– २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सानदार बलिङ गर्दै बहराइनलाई १० विकेटले हराएको छ ।

बहराइनले जितको लागि दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुाई पूरा गर्यो । नेपालको जितमा ओपनर कविता कुँवर १४ बलमा ३ चौकासहित १८ र सीताराना मगर २ रनमा अविजित रहिन् ।

यसअघि मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनकी कप्तान दीपिकाले २० सर्वाधिक ११ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । जसमा बहराइनका ६ खेलाडी खाता नखोलि शून्य रनमा आउट भए ।

नेपालकी इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर तीन विकेट लिएकी थिईन् । खुशी डंगोलले १।४ ओभरमा १ मेडनसहित रन नदिइ दुई विकेट लिइन् भने कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक विकेट लिएका थिए ।

हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो । अव नेपालले आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । हरेक समुहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् भने फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्नेछन् ।

यो पनि पढ्नुहोस्: नेपालसामु बहराइन ३१ रनमा अल आउट, ६ खेलाडीले खाता खोल्न पाएनन्