२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्ध सुरु भएको लडाइँ रोकिँदैन: प्रधानमन्त्री



अ+ अ-

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम ्प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताउनुभएको छ ।

वीरेन्द्रनगरमा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको र अब यो नरोकिने बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उहाँले क्रान्तिकारीहरुले चनाखो र अझ ठूलो मोर्चा बनाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गर्नुभयो । उहाले एमाले परिवर्तनको पक्षमा नरहेको बताउदै भन्नुभयो, ‘यो मोर्चा एक ठाउँमा भएर लड्दा भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ । अहिले धारे हात लगाएर हेरिरहेका छन् । उनीहरु नक्कली कम्युनिस्ट हुन्।’

प्रधानमन्त्री प्रचण्डले परिवर्तनको पक्षमा अग्रसर हुनु आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो। भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने भनाई सहि नभएको उहाँको भनाई छ ।