२३ श्रावण २०८३, शनिबार
,
Latest
ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानको फिल्म ‘जवान’ को ट्रेलर सार्वजनिक– भिडियोसहित



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका फ्यानहरु उनको फिल्म ‘जवान’ को प्रतिक्षामा छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटले किंग खानका फ्यानहरुको बेचैनी बढाइरहेको छ । फिल्मको रिलिज मिति नजिकिदै गर्दा आज ‘जवान’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो ट्रेलरबाट शाहरुख खान एक पिता र छोराको भूमिकामा देखिने पक्का भएको छ । उनी ट्रिपल भूमिकामा देखिने हो कि भन्ने सम्भावना छ । ट्रेलरमा शाहरुख आर्मी सिपाही, आईपीएस अफिसर र अपहरणकर्ताको भूमिकामा देखिएका छन् ।

ट्रेलर बुबाको कथाबाट सुरु हुन्छ । फिल्मको ब्याकग्राउन्ड स्टोरीबाट सुरु हुन्छ जहाँ शाहरुख खान भ्वाइस ओभरमा भन्छन् ‘एउटा राजा थियो… एकपछि अर्को लडाइँ हार्दै गयो.. ऊ भोक–तिर्खाले जङ्गलमा भटकिरहेको थियो… धेरै रिसाएको थियो ।’

एटलीले जवानलाई निर्देशन गरेका छन् । फिल्ममा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियमणी, गिरिजा ओक, सञ्जिता भट्टाचार्य, लेहर खान, आलिया कुरेशी, रिद्धी डोग्रा, सुनील ग्रोवर र मुकेश छाबराको अभिनय रहेको छ । फिल्म सेप्टेम्बर ७ मा हलमा रिलिज हुँदैछ ।