२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको तर्फबाट रामबहादुर थापा राष्ट्रियसभाका उम्मेदवार



अ+ अ-

काठमाडौँ ।  राष्ट्रियसभाको उपनिर्वाचनका लागि नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उम्मेदार तय गरेको छ । पार्टीले उम्मेद्वार तय गरेपछि उम्मेदवारी दर्ताका लागि गृहमन्त्री थापा मकवानपुरको हेटौडा तर्फ जानुभएको उहाँका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिनुभयो ।

वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ । उता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल समूह जनता समाज पार्टीका तर्फबाट उम्मेद्वार बन्नुभएका डा.खिमलाल देवकोटा उम्मेदवारी दर्ता गराउन बिहानै हेटौडा पुगिसक्नु भएको छ ।