७ असार २०८३, आईतवार
,
Latest
मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्यको किर्ते हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्षले लिए २० लाख



अ+ अ-

काठमाडौँ। उपभोक्ता समितिका नाउँमा राज्यको बजेट कसरी दोहन हुन्छ भन्ने उदाहरण बेलकोटगढी नगरपालिकामा देखिएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.१३ को एक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले समितिका अन्य सदस्यहरूको फर्जी हस्ताक्षर गरी २० लाख रुपैयाँको बजेटमा हालीमुहाली गरेको नयाँ तथ्य बाहिर आएको हो ।

प्राप्त सूचना अनुसार डाँडाकटेरी कटरमहल तल्लो पाखुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नाउँमा समितिका अध्यक्ष र कोक्षाध्यक्षले समितिका सदस्यको किर्ते हस्ताक्षरमा २० लाख रुपैंयाको योजनाको एकलौटी फर्छ्यौट गरेका हुन् ।

बाग्मती प्रदेश अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङबाट विनियोजित २० लाख रुपैंयाको आयोजनाको रकम फर्छ्यौट गर्न उपभोक्ता समितिका अध्यक्ष दिपेश प्रसाद पाण्डे र कोषाध्यक्ष सृजना पाण्डेले किर्ते हस्ताक्षरको माइन्युट गरेको पाइएको हो ।

रोचक कुरा त २० लाख रुपैयाँको आयोजना सम्पन्न गर्न बैक खाता खोल्नेदेखि काम सम्पन्न भइसकेको र अन्तिम किस्ता रकम मागसमेतको माइन्युट एकै दिन एउटै माइन्युटमा गरिएको छ । फागुन १८ गते बसेको भनेर बनाइएको किर्ते माइन्युटमा ९ जना कार्यसमिति बसेको हस्ताक्षर छ । अध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य कसैलाई पनि नबोलाई उठाइको उक्त माइन्युटमा समितिका अन्य सबै सदस्यको हस्ताक्षर किर्ते गरिएको पाइएको हो ।

आफै माइन्युट लेख्ने, आफैलाई खाताको अख्तियार प्रत्यायोजन गर्ने निर्णय गरिएको उक्त माइन्युटमा काम यस अघि नै सम्पन्न भइसकेको, भुक्तानी माग्ने, खाता खोल्ने, खाताको लागि सिफारिस माग्ने मात्र होइन खाता सञ्चालनको अख्तियार अध्यक्ष र कोक्षाध्यक्षलाई दिने निर्णय गरिएको छ । सबै कार्यसमिति सदस्यलाई थाहै नदिई किर्ते हस्ताक्षर र निर्णय गरेर २० लाख रुपैयाँ बजेट झ्वाम्म पारेका पाण्डेले किर्ते गरी बाँकी सदस्यले लामो समयसम्म थाहै पाउन नसकेको पाइएको छ ।

उपभोक्ता समितिको खाता सञ्चालन तथा बजेट फर्छ्यौटका लागि वडा अध्यक्षको सिफारिस चाहिन्छ । रोचक कुरा त वडा अध्यक्षले किर्ते हस्ताक्षर गरेको निर्णय चाल पाउँछन् भनने लागेर उनीहरूले वडा अध्यक्ष नभएको मौका छोपी सिफारिस लिएको समेत खुलेको छ । वडा अध्यक्ष नवराज पाण्डे काम विशेषले काठमाडौँ गएको बेला वडा सदस्य हरिकुमार गुरुआचार्यलाई कार्यवाहक तोकेका थिए । गुरु आचार्य कार्यवाहक भएका बेला झुक्क्याएर काम सम्पन्न भएको भन्दै सिफारिस लिन गएपछि गुरुआचार्यले बजेट फर्छौटको सिफारिस गरिदिएका थिए ।

यस विषयमा वडा सदस्य गुरुआचार्य आफू कार्यवाहक भएको बेला सबै योजना सम्पन्न भयो, भन्दै सबै कागजातका साथ आएकाले सिफारिस गरिदिएको बत्ताउँछन् । समितिका सचिव कसरी रकम भुक्तानी भयो भन्दै सोध खोज गर्दै आए पछि मात्र अध्यक्ष तथा कोषाध्यक्षको किर्ते उजागर भएको थाहा पाएको उनले बताए । वडा अध्यक्ष नवराज पाण्डे उपभोक्ताहरूले खानेपानी आयोजनाको काम र गुणस्तरको विषयमा कुरा गरेपछि मात्रै बुझ्न जाँदा डाँडाकटेरी कटरमहलमा काम भएको र पाखुरेमा कामै नभई भुक्तानी लिएको र समितिका सदस्यहरूलाई समेत झुकाएर रकम भुक्तानी लिएको खुल्न आएको बताउनहुुनछ ।

यस विषयमा समितिका अध्यक्ष तथा कोषाध्यषको मिलेमतो र किर्ते देखिन्छ आवश्यक बुझ्ने काम भइरहेको छ उनले भने । यस विषयमा पटक पटक बुझ्न खोज्दा उपभोक्ता समितिका अध्यक्ष हाम्रो सम्पर्कमा आउन मानेनन् । यसै बिच समितिका अध्यक्ष कोषाध्यषको किर्ते धन्दा छरप्रष्ट भएसँगै वडा कार्यालयले यस विषयमा सरोकारवालासँग बोलाएर सोधपुछ गरेको छ ।