२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप: आज श्रीलंका र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौँ । एसिया कप २०२३ को समूह बी को पहिलो खेलमा आयोजक श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसोको ३:१५ बजेबाट सुरु हुनेछ ।

एसिया कपको उपाधि हालसम्म भारत, पाकिस्तान र श्रीलंकाले जितेका छन् । जसमध्ये श्रीलंकाले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ को संस्करण गरि ६ पटक उपाधि जितेको छ । श्रीलंकाले घरेलु मैदानमा ५८ प्रतिशत खेल जितेको रेकर्ड छ । श्रीलंकाका पिचले स्पिनरलाई फाइदा पुर्याउँछ । टोलीमा वानिन्दु हसरंगा र महिश तिक्षाना जस्ता स्पिनरहरू छन् । सन् २०१९ को विश्वकपपछि हसरंगाले ५८ विकेट लिएका छन् भने तिक्षानाले ३६ विकेट लिएका छन् ।

यतिबेला श्रीलंकाका पाँच खेलाडी घाइते रहेका छन् । तीव्र गतिका बलर लाहिरु कुमारा र दुस्मन्थ चमेरा चोटका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न सकेका छैनन् । योसँगै एलपिएलमा हसरंगा, अविष्का र कुसल परेरा पनि घाइते भएका छन् । पाँचै जना टोलीका प्रमुख खेलाडी हुन्, जसको आजको खेलमा उपस्थितीमा शंका छ ।

बंगलादेश सन् २०१८ को एसिया कपको फाइनलमा भारतसँग अन्तिम बलमा पराजित भएको थियो । बंगलादेशका मध्यक्रमका ब्याटर बलियो रहेको छ । लिटन दास, मुस्फिकुर रहिम र युवा खेलाडी मेहिदी हसन २०१९ विश्वकपपछि टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । अनुभवी शकिबले ठूला टोलीविरुद्ध र ठूला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी टिमको ब्याटिङ अर्डरको जिम्मेवारी सम्हाल्नेछन् ।

बंगलादेशका शकिब, मेहदी, तस्किन अहमद र मुस्ताफिजुर रहमान चारै विश्वस्तरीय बलर हुन् । उनीहरु सन् २०१९ को विश्वकपपछि टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् । मेहदी हसनले ५३ विकेट लिएका छन् ।

आईसीसीको वरीयतामा श्रीलंका आठौं स्थानमा रहेको छ भने बंगलादेश सातौंमा छ । बंगलादेशले २०१३ पछि आज पल्लेकेलेमा पहिलोपटक श्रीलंकाविरुद्ध खेल्दैछ । पछिल्लोपटक पल्लेकेलेमा भएको एकदिवसीय खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकालाई हराएको थियो ।

एसिया कपमा समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हिजो भएको सुमुह ए को पहिलो खेलमा आयोजक पाकिस्तानले नेपाललाई २३८ रनले पराजित गरेको थियो ।

श्रीलंकाको एसिया कप खेल्ने टोली –दासुन शानाका (कप्तान), पाथुम निसानाका, दिमुथ करुणारत्ने, कुसल जानिथ परेरा, कुसल मेन्डिस (विकेटकिपर), चरित असालान्का, धनंजया डी सिल्भा, सदीरा समरविक्रमा, महेश थेक्षाना, दुनिथ वेलालागे, मथिशा पाथिराना, दुनिथ वेललागे, माथीशा पाथिराना, दुनिथ फेर्नान्डो, दुनिथ फेर्नान्डो, राजिनामा, दुनिथ फेर्नान्डो प्रमोद मदुशन ।

बंगलादेशको एसिया कप खेल्ने टोली– शकिब अल हसन (कप्तान) , अनमुल हक बिजय, नजमुल हुसेन शान्तो, तौहिद हृदोय, मुशफिकुर रहिम, अफिफ हुसैन ध्रुबो, मेहिदी हसन मिराज, तस्किन अहमद, हसन महमुद, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, नसुम अहमद, शाक महेदी हसन, नासुम अहमद , शमीम हुसेन, तान्जिद हसन तमिम, तनजिम हसन साकिब ।




भर्खरै