२७ मंसिर २०८२, शनिबार
,
Latest
‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर



फाइल फोटो
अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

भालुको आक्रमणबाटमकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र २६ राजमान राई घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।

बुधबार दिउँसो मकै खोहोरीया काम गर्दै गरेका गुरुङ र राईलाई भालुले आक्रमण गर्दा घाइते भएको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो । भालुको आक्रमणबाट उनीहरूको अनुहार, टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये २६ वर्षीय राईको अवस्था गम्भीर रहेको अध्यक्ष भोटेले बताउनुभयो ।

घाइतेको गोला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै लग्ने तयारी भइरहेको उहाँले बताउनुभयो । घाइतेको उपचारका लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालयसँग छलफल भएको उहाँले बताउनुभयो ।

निकुञ्जसँगको छलफलपश्चात् घाइतेको उपचार बिरामी कुरुवाको खर्च बेहोर्ने सहमतिपछि गाउँपालिकाकै गाडीमा उपचारका लागि भोटखोलाबाट सदरमुकाम खाँदबारी प्रस्थान गरेको अध्यक्ष भोटेले बताउनुभयो ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बर्सेनि आधा दर्जन व्यक्ति भालुको आक्रमणबाट घाइते हुने गरेका छन् । निकुञ्ज क्षेत्रभित्र रहेको उक्त क्षेत्रमा भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । रासस