• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ ★   सहमतिबाटै नेतृत्व चयन हुन्छ: अध्यक्ष नेपाल ★   बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु ★   खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा ★   प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव ★   बाँकेमा अभियुक्त समाउन प्रहरीले चलायो गोली

विश्वकप एसिया छनोट: नेपालले आज मलेसियासँग खेल्दै



काठमाडौं । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले घरेलु टोली मलेसियासँग खेल्दैछ । मलेसियको कलालाम्पुरस्थित बायुमास ओभलमा हुन लागेको खेल नेपाली समयअनुसार बिहान ७: १५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा समूह ए मा नेपालसँगै बहरान, भुटान, मलेसिया, कतार र युएई रहेका छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा दुबै समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले भने २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउनेछन् ।

घरेलु टोली मलेसियालाई हराउँदै नेपाल विश्वकप छनोटमा विजयी सुरुवात गर्न चाहन्छ । अघिल्लो साता भएको चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

नेपालको टोली:

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।