३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनचाँदीका मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो । 
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार ६०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।