४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला



अ+ अ-

राजविराज । सप्तरीको राजविराजमा आज सालनालसहितको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत फेला परेको कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत फेला परेका शिशुको घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।