३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 2.57

Humidity: 53

Latest
च्याम्पियन्स लिगः रियल र आर्सनल आमनेसामने, इन्टरसँग बदला लिने दाउमा बायर्न नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता चिकित्सा शिक्षा आयोगको बैठक: मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ बजेट अधिवेशनमा शिक्षा विधेयक टुङ्ग्याउन सम्भव छैनः सभामुख तराई–मधेस जागरण अभियान आजदेखि पुनः सुरू प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता नेप्से परिसूचक सात अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीलाई लिएर असन्तुष्ट विप्लव: प्रधानमन्त्री प्रचण्डलाई दिए सहकार्य तोड्ने चेतावनी



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध दल नेकपाले एमसीसी कार्यान्वयनलाई लिएर असन्तुष्ट व्यक्त गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले असन्तुष्ट व्यक्त गरेका हुन् ।

विप्लवले प्रधानमन्त्रीलाई १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका बताईएको छ । तर, प्रधानमन्त्री प्रचण्डले एमसीसी कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ दिएका थिए ।

प्रधानमन्त्रीको जवाफमा विप्लवले मोर्चा र माओवादी केन्द्रसँग सहकार्य तोड्नेसम्मको चेतावनी दिएका बैठकमा सहभागि एक नेताले बताए ।

‘एमसीसी कार्यान्वयन सम्बन्धमा जानकारी लिन महासचिव प्रधानमन्त्रीलाई भेट्न जानुभएको थियो । उहाँले कम्तीमा १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाको एमसीसी कार्यालयबाट लिखित प्रतिबद्धता नआएसम्म कार्यान्वयन नगर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो’, विप्लवको भनाइ उदृत गर्दै उनले भने, ‘जवाफमा प्रचण्डले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने बताउनुभयो । प्रधानमन्त्रीको निरिहता देखेर यथास्थितिमा माओवादी केन्द्रसँग सहकार्य हुन सक्दैन भनेर फर्किनुभयो ।’

एमसीसीका विषयमा विप्लवले प्रचण्डसँग करिब २ घण्टा लामो भेटघाट गरेको बताइएको छ ।

यसैबीच आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा पनि स्थगित भएको छ । एमसीसी कार्यान्वयन हुने दिन आज भएको र यसमा विप्लवको असन्तुष्टि रहेकोले कार्यक्रम स्थगित गरिएको बताइएको छ।