काठमाडौं । शुक्रवार देशभर थप ९ हजार १९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४८२ परीक्षणमा १९ हजार ९८७ जनाको पिसिआर र ४९५ जनाको एन्टिजेन परीक्षणमा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ६, ओखलढुंगामा ९, खोटाङमा ७, झापामा २१६, ताप्लेजुङमा ४९, तेह्रथुममा ७, धनकुटामा १५, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा २७३, संखुवासभामा १५, सुनसरीमा ९८ र सोलुखुम्बुमा २ जना कोरोनाका संक्रमित थपिदा प्रदेश २ को धनुषामा १०६, पर्सा १३०, बारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जनामा संक्रमण पुष्टि भएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १८०, चितवनमा ३४३, दोलखामा ५१, धादिङमा ५९, नुवाकोटमा ७९, भक्तपुरमा ३७४, मकवानपुरमा ६३, रसुवामा २८, रामेछापमा ४१, ललितपुरमा ६४३, सिन्धुपाल्चोकमा २३ र सिन्धुलीमा २१ जना संक्रमित थपिदा गण्डकी प्रदेशको कास्कीमा ३९३, गोरखामा ८३, तनहुँमा ४७, नवलपरासी पूर्वमा १००, पर्वतमा ६१, मुस्ताङमा १, म्याग्दीमा ४४, लमजुङमा २२, बागलुङमा ७ र स्याङजामा ४१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै गत २४ घण्टामा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४२, कपिलवस्तुमा २७, गुल्मीमा ३०, दाङमा ३६६, नवलपरासीमा ८७, पाल्पामा ८०, प्युठानमा ७, बर्दियामा २४, बाँकेमा २२२, रुकुम पूर्वमा २, रुपन्देहीमा ७३० र रोल्पामा ५ जनामा संक्रमण पुष्टि हुँदा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ३, दैलेखमा २८, सल्यानमा १०, सुर्खेतमा ५ र हुम्लामा ३ जना र सुदूरपश्चिम प्रदेशको अछाममा ६२, कञ्चनपुरमा ४५, कैलालीमा १२५, डडेल्धुरामा ३०, डोटीमा ३०, दार्चुलामा ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा ११४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।











