२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षका नेता बालुवाटारमा, महासचिव पोखरेल शीतल निवासतर्फ



अ+ अ-

काठमाडौं । नेकपा एमालेको एकता जोगाउन पार्टीका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र माधव नेपाल पक्षका नेताहरू गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, र योगेश भट्टराई छलफलमा जुटेका छन् । केही दिनयता अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल माधव पक्षका यी चार नेतासँग निरन्तर छलफल गरिरहेका छन् ।

नेताहरुबिच वालुवाटारमा छलफल जारि रहेपनि बुँदागत रुपमा टुंगो लागिनसकेको वार्तामा सहभागी एक नेताले बालुवाटारबाट बताए । पार्टीलाई कुनै न कुनै रुपमा जेठ २, २०७५ को अवस्थामा फर्काएर त्यसपछि नयाँ ढंगले अघि बढाउन माधव पक्ष नेताहरुले जोड दिएका छन् ।  

यसैबीच एमालेका शीर्ष नेताहरुसँग छलफल जारी राखेका बेला पोखरेल शीतल निवास पुगेका छन् । नेताहरुबीच एकताको प्रयास भइरहेका बेला उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।