• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo
Latest
★   मुटुमा समस्या देखिएपछि कान्तिपुरका अध्यक्ष सिरोहिया अस्पताल भर्ना ★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ

भक्तपुरमा मनाइयो जनैपूर्णिमा– तस्बिरहरु



काठमाडौँ । भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ ।

यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।

गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व मनाइन्छ, सोही दिन सर्वसाधारणले पनि मनाउने प्रचलन छ ।

तिथि घटबढका कारण कुनै दुई तिथि एकैदिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ । सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरूसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने भएको हो ।

आज जनैपूर्णिमा मनाइएको छ । बिहीवार (भोलि) गाईजात्रा मनाइने जनाइएको छ ।भक्तपुरमा आजै जनै लगाउने, रक्षाबन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाइँदै छ ।