२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ– प्रचण्ड



अ+ अ-

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मोर्चालाई कमजोर बनाउने षड्यन्त्र भइरहेकोले यसलाई कमजोर नसम्झन चेतावनि दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्व माओवादीहरूलाई एक हुन आह्वान गर्दै सडकमा जाने तयारी गर्न समेत आग्रह गरे । उनले मोर्चालाई बदनाम गर्ने, फुटाउने, कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए ।

प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रुप फेरिएको छ तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपिल गर्न चाहन्छु ।’

जनयुद्ध, जनताको बहुदलीय जनवाद तथा अन्य प्रयोगहरूलाई एकीकृत गरी नयाँ क्रान्तिको तयारीमा रहेको बताउदै प्रचण्डले
जनताको पक्षमा काम गर्ने लडाइँ अहिले पनि जारी रहेको बताए ।