२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ– प्रचण्ड



अ+ अ-

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मोर्चालाई कमजोर बनाउने षड्यन्त्र भइरहेकोले यसलाई कमजोर नसम्झन चेतावनि दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्व माओवादीहरूलाई एक हुन आह्वान गर्दै सडकमा जाने तयारी गर्न समेत आग्रह गरे । उनले मोर्चालाई बदनाम गर्ने, फुटाउने, कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए ।

प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रुप फेरिएको छ तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपिल गर्न चाहन्छु ।’

जनयुद्ध, जनताको बहुदलीय जनवाद तथा अन्य प्रयोगहरूलाई एकीकृत गरी नयाँ क्रान्तिको तयारीमा रहेको बताउदै प्रचण्डले
जनताको पक्षमा काम गर्ने लडाइँ अहिले पनि जारी रहेको बताए ।