२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू, एमसीसीमा अनुचित कुरा भए जनतालाई जानकारी गराउनुस्– माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित सर्त मान्न नसकिने बताएका छन् ।

मंगलबार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले एमसीसी परियोजनाका स्वार्थका सर्तहरु नमान्ने बताएका हुन् ।

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्विकार्नु हुँदैन । एमसीसीलाई आइपीएससँग जोड्ने कुरा हामी स्विकार्दैनौ । त्यो भनेको चीनलाई घेराउ गर्ने अरु देशलाई शत्रु घोषणा गर्ने योजना हो’, नेपालले भने ।

नेपालका कुनैपनि देश शत्रु नभएको भन्दै उनले नेपालको संसद्ले व्याख्यात्मक टिप्पणी मार्फत एमसीसी पास गरेको बताए । उनले त्यसमा नेपाल कुनैपनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको बताए ।

उनले प्रधानमन्त्रीलाई एमसीसीमा केही अनुचित कुराहरु बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन आग्रह गर्दै भने, ‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेका हौँ । अनुचित कुरा बाँकी छन् भने हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् ।’

उनले नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरु कसैको हस्तक्षेप स्विकार्य नहुने बताए।