२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खानलाई ठूलो राहत, इस्लामावाद उच्च अदालतले सजाय रोक्दै तुरुन्त जेलबाट रिहा गर्न आदेश



अ+ अ-

इस्‍लामाबाद । पाकिस्तानको राजधानी इस्लामावादको उच्च अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई ठूलो राहत दिएको छ । उच्च अदालतले इमरान खानको सजायमा रोक लगाउँदै तत्काल रिहा गर्न आदेश दिएको छ ।

उच्च अदालतको दुई सदस्यीय इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । उनलाई ५ अगस्टमा गिरफ्तार गरी अटक जेलमा राखिएको थियो ।

इमरान खानलाई यसअघि तोशाखाना मुद्दामा ३ वर्षको जेल सजाय सुनाइएको थियो । तर, इमरान खानलाई अर्को मुद्दामा पनि पक्राउ गर्न सकिने बताइएको छ ।

इस्लामाबाद उच्च अदालतले खानको मुद्दामा विस्तृत निर्णयपछि जारी गर्ने बताएको छ। अदालतको फैसला खानका लागि ठूलो कानुनी विजय हो । तोशाखाना मुद्दामा दोषी ठहर भएपछि उनलाई चुनाव लड्न पनि प्रतिबन्ध लगाइएको थियो ।

पाकिस्तानमा यो वर्षको अन्त्यमा वा अर्को वर्षको सुरुमा आम निर्वाचन हुन लागेको छ । सेनाले कुनै न कुनै रूपमा इमरान खानलाई यस चुनावी प्रक्रियाबाट बाहिर राख्न खोजिरहेको छ तर उनी फेरि एकपटक बलियो साबित भएका छन् । यसअघि अमेरिकाले पनि उनको पक्षमा आवाज उठाएको थियो ।

के हो तोशाखाना भ्रष्टाचार मुद्दा ?

यसअघि तोशाखाना भ्रष्टाचार मुद्दामा प्रधानन्यायाधीश अमिर फारुक र न्यायाधीश तारिक महमुद जहाँगिरीको संयुक्त इजलासले सोमबार दुवै पक्षको बहस सुनेर रिट निवेदनमाथिको निर्णय सुरक्षित राखेको थियो । डिभिजन बेन्चले पछि मंगलबार फैसला सुनाउने बताएको थियो।

अब उच्च अदालतले आफ्नो फैसलामा इमरान खानलाई राहत दिएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी ९पीटीआई० का अध्यक्ष ७० वर्षीय खानलाई अगस्ट ५ मा इस्लामाबादको एक सत्र अदालतले तोशाखाना भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको थियो।

क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनलाई सन् २०१८ र २०२२ को बीचमा उनी प्रधानमन्त्री हुँदा उनी र उनको परिवारले प्राप्त गरेको राज्य उपहार अवैध रूपमा बेचेको आरोपमा सजाय सुनाइएको थियो।

पीटीआई प्रमुखलाई आगामी निर्वाचनमा भाग लिन नपाउने गरी आगामी पाँच वर्षसम्म राजनीतिक गतिविधिमा भाग लिन पनि प्रतिबन्ध लगाइएको छ । तल्लो अदालतको फैसलालाई इमरानले इस्लामाबाद उच्च अदालतमा चुनौती दिएका छन् ।




भर्खरै