२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा टिपरको ठक्करबाट डाक्टरको मृत्यु



अ+ अ-

झापा । मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उहाँको आज बिहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो ।

डा यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा उहाँ घाइते हुनुभए पछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत हुनुहुन्थ्यो । घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा उहाँ दुर्घटनामा पर्नुभएको हो । रासस