२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट दिँदैन: प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भावमा खलबल पार्ने र एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट नदिने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताउनुभयो । परापुर्वकालदेखि चलिआएको सामाजिक एकतालाई खलल पुग्नेखालको कुनैपनि किसिमका कार्य हुन नदिन सरकार दृढ रहेको उहाँको भनाई छ ।

उहाँले संविधानको पालना गर्ने सबैको कर्तव्य भएकोलेको यस्को पालना गर्न अनुरोध गर्नुभयो ।