२३ असार २०८३, मंगलवार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री आफूनिकट नेताहरुसँग छलफलमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक अघि आफूनिकट नेताहरुसँग निरन्तर संवाद गरिरहेका छन्। शनिबार बिहान बालुवाटारमै प्रधानमन्त्री ओली एक चरणको छलफल सकेर फेरि नेताहरु ईश्वर पोखरेल र विष्णु पौडेलसँग छलफल गरिरहेका छन्।

बिहानको बैठक चलिरहँदा नेताहरु लेखराज भट्ट र प्रदीप ज्ञवाली बालुवाटारबाट निस्केका थिए। अहिले ओली, पोखरेल र पौडेलबीच छलफल चलिरहेको छ।

प्रधानमन्त्रीले आज साँझ पाँच बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।