२३ असार २०८३, मंगलवार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको बैठक चल्दाचल्दै किन निस्किए देउवा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको बैठकबाट बाहिरिएका छन्। काँग्रेस संसदीय दलको बैठकबाट निस्केका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे टुंगो लागिनसकेको बताएका हुन् । 

देउवा बैठकबाट बाहिरिए पनि बैठक भने जारी रहेको जनाइएको छ। स्रोतका अनुसार देउवाले प्रचण्डसँग ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे आफ्नो दलको बैठकमा छलफल गर्ने बताएका थिए। तर शनिबार उनले यसबारे टुंगो नलागेको दाबी गरेका हुन्।

बैठकमा सहभागी नेपाली कांग्रेसका एक सांसदका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा अरु दलसँग छलफल गर्न देउवा बैठकबाट बाहिरिएका हुन्। काँग्रेसले यो बैठक लगत्तै कानुनीविद्हरुसँग छलफल गर्ने तयारी गरेको छ।