२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज १ गतेदेखि बञ्चरेडाँडामा उपत्यकाको फोहोर बिसर्जन गर्न नदिने



अ+ अ-

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्र सरोकार समितिले आगामी असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान प्रतिबन्ध लगाउने भएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले फोहोरमैलाका कारण त्यहाँका बासिन्दाहरुमा नकरात्मक असर परेको र सरोकारवाला निकायहरुले उक्त समस्यालाई नजरअन्दाजमात्रै गरेको भन्दै फोहोरमैला लैजान प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको हो ।

प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरुपको कार्यान्वयन गरिनुपर्ने उनीहरुको माग छ । प्रदुषणरहित मानव बस्ती र मानवरहित ल्याण्डफिलसाईट अहिलेको निकाश भएको सरोकार समितिले बताएको छ । सरकारले प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरुको अरोप छ ।

२०६२ सालदेखि आजसम्म काठमाडौं महानगर र उपत्यकाका अन्य नगरपालिकाले ल्याण्डफिलसाईट प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न बहानाबाजी र भ्रम सिर्जना गरेर स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित गरेको उनीहरुको अरोप छ । काठमाडौं उपत्यकाको फोहोरमैला बञ्चरेडाँडा क्षेत्रमा आगामी दिनमा प्रवेश गर्न कुनै हरहालतमा नदिने सरोकार समितिले जनाएको छ ।

सरोकार समितिले ल्याण्डफिलसाईटमा अटेर गरी प्रवेश गरे वा गराएमा घट्नसक्ने सम्भावित घटनाको जिम्मेवारी नेपाल सरकार, काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य नगरपालिका लिनुपर्ने बताएको छ । सरकारले ल्याण्डफिलसाईट प्रभावित क्षेत्रलाई विशेष सम्वेदनशील क्षेत्र घोषणा नगरेको, प्रभावित क्षेत्रलाई अधीकरण गरेर र मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्नेमा त्यसो नगरेको, अस्पतालजन्य फोहोरमैला, विषाधीजन्य फोहोरमैला, औद्योगिकजन्य फोहोरमैला प्रतिबन्ध नगरेको उनीहरुको आरोप छ ।

बन्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले आफूहरु फोहोरमैलाको कारण त्यहाँका बासिन्दा कुनै पनि समय विनास हुने अवस्थामा रहेको बताए । अब आफूहरुको जीवन मरणको सवाल रहेको उनको भनाई छ । ‘हाम्रो कुनै पनि मागहरु छैन । ल्याण्डफिलसाईटमा अब कुनै किसिमको ल्याण्डफिलसाईट विकास गर्नका लागि, फोहोरमैला राख्नका लागि एउटा ईटा पनि हामी राख्न दिँदैनौं । भौतिक पूर्वधार बनाउन दिँदैनौं,’– उनले भने ।

असोज १ गतेदेखि सरकारले जबरजस्ती गरे त्यहाँका १० हजार मान्छे टुंडिखेलमा आएर बस्ने ढुंगानाले चेतावनी दिए । ‘प्रभावित क्षेत्रका १० हजार मान्छे उठेर टुंडिखेलमा आएर बस्ने हो । धादिङ र नुवाकोटको १० हजार मान्छेलाई यहाँको प्रहरी प्रशासनले कुन–कुन जेलमा कतिदिन राख्छ हामी हाम्रा छोरा र नातिहरुका लागि त्यो सामना गर्छौं,’– उनले भने ।

ल्याण्डफिलसाईट पीडित हरि लामाले फोहोर र मानव एकै ठाउँमा रहन नसक्ने बताए । उक्त क्षेत्रमा कि फोहोर रहन पर्ने कि मानवमात्रै रहन पर्ने बताए । आफूहरुलाई काठमाडौं महानगर, प्रदेश सरकार र नेपाल सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

ल्याण्डफिलसाईट पीडित दिपेश न्यौपानेले त्यहाँका जनता पीडामा भएर आन्दोलनको घोषणा भएको बताए । सरकारले त्यहाँको जनताको समस्या नबुझेको उनको गुनासो छ । उनले सरकारलाई त्यहाँका जनता मार्ने छुट नभएको बताए ।

ककनी गाउँपालिका वडा नं २ का कार्यबहाक अध्यक्ष च्यामे तामाङ(सुब्बा)ले सरोकार समितिले घोषणा गरको संघर्षका कार्यक्रममा पूर्ण समर्थन रहेको बताए । आन्दोलनमा हस्तक्षेप भएमा सबै जनता एक भएर प्रतिकार गर्ने उनको भनाई छ ।