६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखक गनेस पौडेलले पोखरा महानगरको मेयरमा उम्मेदवारी दिने



अ+ अ-

पोखरा। लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारीको घोषणा गरेका हुन्।

‘जित वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ। दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ मत हुन्छ,’ पौडेलले लेखेका छन्, ‘म त्यो लडाइँमा जाँदैछु। यसपटक ‘अटेर’ गर्दैछु। आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, आउनुस् केही गरौँ। अति भो ‘अटेर’ गरौँ १’

पौडेलले केही वर्ष पहिले उपन्यास ‘पैताला’ प्रकाशनमा ल्याएका थिए । 

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ ।