२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: थुनामा रहेका १८ प्रतिवादीको बयान आजबाट



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुद्दा परेकाहरुमा आजबाट बयान सुरु हुँदैछ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले कीर्तेसम्बन्धी मुद्दामा २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । जसमध्ये भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना थुनामा छन् । उनीहरुको आजबाट बयान सुरु हुने बताईएको छ ।

थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुने बताईएको छ ।

१८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् भने मृत्यु भएका २१ जनासहित ५२ जनाबाट वकिल कार्यालयले जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम सरकारी जग्गा हिनामिना भएको सिआईबीको अनुसन्धान निष्कर्ष छ । पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यविरुद्ध पनि प्रतिवादी कायम गर् िमुद्दा दर्ता गरिएको छ ।