२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने पाकिस्तान प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप–२०२३ का लागि आज कतारको दोहा हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेका छन् ।

उनलाई विदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए । सन्दीपलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले उनको उपस्थिति नेपालको लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् । क्रिकेट टोलीमा सन्दीपको उपस्थितीले नेपाली टिमले पूर्णता पाउने उनको विश्वास छ । ‘नेपालको इतिहासमै यो निकै महत्त्वपूर्ण प्रतियोगिता रहेको छ । प्राविधिक कारणले सन्दीप टिमसँग जान पाएका थिएनन् । अब उसको यात्रा निश्चित भएको छ । एसिया कपमा सन्दीपको उपस्थिति निकै महत्त्वपूर्ण छ । सिंगो देशको भरोसा सन्दीपमाथि छ । सन्दीपको उपस्थितीले नेपाली टीमले पूर्णता पाएको छ ।’ घिसिङले भने ।

यस्तै, सन्दीपले पाकिस्तान र भारतसँग खेल्न आफू उत्साहित रहेको भन्दै आफू पूर्ण रूपमा फिट रहेको र टिममा घुलमिल हुन समय नलाग्ने बताए । यस्तै, टोलीका सबै जना राम्रो फर्ममा रहेकाले आफू पनि निरन्तर प्रयास गरिरहेको बताउँदै नेपालले राम्रो क्रिकेट खेल्ने सन्दीपले विश्वास व्यक्त गरे ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको थियो ।

सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ। नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ। तर, सन्दीप भने बिरामी भएका कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)ले टोलीसँगै लगेको थिएन ।

सन्दीपलाई उनका सर्मथकहरुले विमानस्थल पुगेर भव्य विदाई गरेका छन् । पहिलोपटक एसिया कपमा छनोट भएको नेपाल समूह ‘ए’मा रहेको छ । जसमा दुई महारथी पूर्व विश्व च्याम्पियन भारत र पाकिस्तानसमेत छन् । नेपालले १३ भदौमा पाकिस्तानसँग उद्घाटन खेल खेल्नेछ  । यस्तै, १८ भदौमा भारतको सामना गर्नेछ ।