३० कार्तिक २०८१, शुक्रबार
,
Latest
बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित इंग्ल्यान्डका बोपारा चितवन राइनोजमा उपनिर्वाचनः हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि राष्ट्रपति स्वदेश फिर्ताः जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिमा जोड छिमेकी नगरपालिकाहरू सँगै संघीय सरकारको असहयोगका कारण काठमाण्डौको फोहोर व्यवस्थापनमा समस्या भयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रावण शुक्लपक्षको अन्तिम सोमबार: देशभरका शिवालयमा भक्तजनको भीड



अ+ अ-

काठमाडौँ । चान्द्रमासअनुसार श्रावण शुक्ल पक्षको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

यसवर्ष सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तवजनको भीड लागेको हो ।

बिहान तीनबजेदेखि नै पशुपतनिाथका चारै ढोका खुला गरिएको छ। मन्दिरमा विगतका सोमबारजस्तै भक्तजनको भीड देखिएको छ । विशेषगरी सोमबारको व्रत गरेका महिला रातो र हरियो पहिरनमा सजिएर पशुपतिनाथलगायत शिवालयमा भेला भएका छन् ।
यसवर्ष सौरमास अनुसार साउनमा अधिकमास परेको थियो । चान्द्रमासअनुसार भदौको ४ र ११ गतेको सोमबार शुक्लपक्षमा परेको छ । यसअघि श्रावण कृष्णपक्षका दुई सोमबार असार २५ गते र साउन १ गते परेको थियो । साउन २ गतेदेखि ३१ गतेसम्म अधिकमास परेको थियो । यसैले भदौ १४ गतेसम्म श्रावण शुक्लपक्ष छ ।

श्रावणको सोमबार शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज पशुपतिानथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव, डोलेश्वरलगायत शिवालयमा पनि भक्तजनको भीड देख्न सकिन्छ ।

यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको छ । चान्द्रमासअनुसार आज अन्तिम सोमबार भएकोले साउनको सोमबारको व्रत लिनेले  गोदान एवं पूर्णपात्र दान गरी साउने सोमबारको व्रत समापन गर्ने गर्छन् ।