• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

न्युनेज चम्किँदा १० खेलाडीमा समेटिएको लिभरपुलले न्युक्यासललाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन अन्तिम १० मिनेटको अन्तरालमा डार्विन न्युनेजले दुई गोल गरे ।

खेलको २५ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो । डिफेन्डर भान डायकले रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे ।

यता, ८१ औं र ९०+३ मिनेटमा गोल गर्दै न्युनेजले लिभरपुललाई रोमाञ्चक जित दिलाए । जितसँगै ३ खेलबाट ७ अंक जोडेको लिभरपुल तालिकाको चौंथो स्थानमा छ । समान खेलबाट ३ अंकसहित न्युक्यासल भने १३ औं स्थानमा छ ।