२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्या भण्डारीलाई एमालेमा सधैँ वेलकम छ: अध्यक्ष ओली



अ+ अ-

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सधैँ स्वागत रहेको बताएका छन् । कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताए ।

पार्टीमा काममा सक्रिय हुने चाहना देखाए कसैले निषेध नगर्ने ओलीको भनाई छ । ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं । उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ । उहाँ आउँछु त भन्नुपर्‍यो । उहाँलाई सधैँ वेलकम छ’, उनले भने ।

ओलीले एमाले नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको बताए । उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति हुनुहुन्छ । त्योभन्दा अगाडि उहाँ हाम्रो पार्टीको उपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो । त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन।’