७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भएर नेपालको संविधानको पालना गर्नुपर्छ कि पर्दैन?– राधिका दासी



अ+ अ-

काठमाडौँ । भागवत वाचिका राधिका दासीले हरेक नेपालीलाई पहिला आफूलाई धर्म, सम्प्रदाय, जाति, लिंग र राजनीतिभन्दा माथि उठेर हेर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले गौ हत्यालाई कानूनले नै निषेध गरेको अवस्थामा गोरुको मासु भोज गर्नु र त्यसलाई सामाजिक सञ्जालमा भिडियो हाल्नुले एउटा आस्था मानेर गाई/गोरुको पूजा गर्ने व्यक्तिलाई चोट पुग्ने उल्लेख गर्नुभएको छ ।

उहाँले प्रश्न गर्नुभएको छ, “राष्ट्रिय जनावर काट्न पाइन्छ ?, यति प्रश्नको उत्तर मात्र खोजेको हो मैले ।”

कानूनले तोकेर गाई ,गोरुको हत्या गर्ने वा चोटपटक पुर्याउने लाई जेल सजाय सहित नगद जरिवाना गराइने उल्लेख गरेको भन्दै उहाँले भन्नुभयो, “अनि त्यही कानून हरेक नेपालीले पालन गर्नु पर्छ कि पर्दैन ?”

आज एउटाले कानून तोड्यो ,दण्ड भएन भोलि अर्कोले पनि गर्छ भन्दै उहाँले भन्नुभएको छ, “यहीकारण हिजो मैले भनेको थिएँ धरान सकिन एक मिनेट लाग्दैन किनकि आस्था भएको व्यक्ति पनि चुप लागेर त बस्दैन, विभेद सहन तयार हुन पनि मन मान्दैन किनकि हरेक नेपाली समान हुन् । संविधानको पालना हरेक नेपालीले गरुन् । सबैको जय होस् ।