२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर



अ+ अ-

काठमाडौँ । हिमालयन बैंकले कनेक्टआइपीएस सँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग HI MB एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

यो अफर भदौ गतेदेखि भदौ ३१, २०८० गतेसम्म लागु हुनेछ हिमालयन बैंकले जनाएको छ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत विजेता छनोट गरिनेछ । उक्त विजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको बैंकले जनाएको छ ।

ज्क्ष् :द्य को फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विचरकनेक्टआईपीएस च्यानल प्लेटफर्ममार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक नभएको पनि बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९र८० मा यस च्यानलमार्फत रु १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैकिङ्गमार्फत प्रयोगकर्ताहरुले प्रतिकारोबार प्रति दिन रु दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको HI MB एपमा हाल एक लाख ७०,००० भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् ।