२१ श्रावण २०८३, बिहीबार
,
Latest
पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीलाई समर्थन गर्ने सर्तमा राप्रपालाई सभापति छोडेँ: माधव सापकोटा



अ+ अ-

काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापतिको उम्मेद्वारी छोडेका माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशी सरकार बचाउन आफूले त्याग गरेको बताएका छन् ।

यसअघि माओवादी केन्द्रले आफ्नो भागमा परेको विकास समितिको सभापति सापकोटालाई बनाउने तयारी गरेको थियो । तर, राप्रपाले कोशीमा गठबन्धनलाई सहयोग गर्ने भनेपछि आफूले सभापति त्याग गरेको सापकोटाले बताए । ‘कोशीमा गठबन्धन सरकारलाई राप्रपाले समर्थन गर्ने गरी हामीले सभापति दिने प्रस्ताव गर्यौं । त्यहिभएर मैले सभापति छोडेको हुँ । यद्यपी दलहरूबीच भने त्यस्तो लिखित सहमति भएको छैन’, उनले भने ।

यससँगै राप्रपाबाट मकवानपुर–१ का सांसद दीपक सिंहले सभापतिमा उम्मेद्वारी दिएका छन् । सिंहको प्रस्तावक माधव सापकोटा र समर्थक एमालेका प्रेमबहादुर महर्जन रहेका छन् ।