२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीलाई समर्थन गर्ने सर्तमा राप्रपालाई सभापति छोडेँ: माधव सापकोटा



अ+ अ-

काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापतिको उम्मेद्वारी छोडेका माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशी सरकार बचाउन आफूले त्याग गरेको बताएका छन् ।

यसअघि माओवादी केन्द्रले आफ्नो भागमा परेको विकास समितिको सभापति सापकोटालाई बनाउने तयारी गरेको थियो । तर, राप्रपाले कोशीमा गठबन्धनलाई सहयोग गर्ने भनेपछि आफूले सभापति त्याग गरेको सापकोटाले बताए । ‘कोशीमा गठबन्धन सरकारलाई राप्रपाले समर्थन गर्ने गरी हामीले सभापति दिने प्रस्ताव गर्यौं । त्यहिभएर मैले सभापति छोडेको हुँ । यद्यपी दलहरूबीच भने त्यस्तो लिखित सहमति भएको छैन’, उनले भने ।

यससँगै राप्रपाबाट मकवानपुर–१ का सांसद दीपक सिंहले सभापतिमा उम्मेद्वारी दिएका छन् । सिंहको प्रस्तावक माधव सापकोटा र समर्थक एमालेका प्रेमबहादुर महर्जन रहेका छन् ।