२१ श्रावण २०८३, बिहीबार
,
Latest
पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौं: राष्ट्रिय सभा सांसद सुनार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अधिकारको माग गर्नेहरुलाई सामाजिक सद्भाव बिगार्ने काम गर्‍यो भनेर गलत अर्थ लगाउने नहुने समेत बताउनु भयो । उहाँले सबै जाति र समुदायले मिलेर देश बनाउने बेलामा जातीय विभेद खडा गर्न नहुने बताउनु भयो । सांसद सुनारले जातीय आधारमा साना र ठूला भन्ने काम गर्न नहुने पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अधिकार चाहियो भन्दा सामाजिक सद्भाव बिग्रियो भनेर गलत अर्थ लगाउने प्रयास भइरहेको छ । त्यसो नभई हामीले यसमा गल्ती गरेका रहेछौं भनेर करेक्शन गर्न लाग्नुपर्ने हो । हामी सबै एक भएर देश बनाउनु पर्छ । देश विकसित बनाउनु पर्छ भन्ने हामीमा पैदा होस् भन्ने कामना गर्दछ । अहिलेको समयमा पनि साना र ठूलो भनेर भेदभाव गर्नुहुन्न ।’

सांसद सुनारले निजामति सेवामा पनि जनसंख्याको आधारमा उत्पीडित दलीय समुदायको प्रतिनिधित्व हुनुपर्ने दोहोर्‍याउनु भयो ।