२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस निकट युवासंघ विवाद: समानान्तर समिति गठन



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट युवासंघमा विवाद चर्किएको छ। अध्यक्ष नरेश शाही पक्ष र उपाध्यक्ष नितेश पौडेल पक्षले शनिबार समानान्तर सचिवालय बैठक राखेका छन्। शाही पक्षले काठमाडौँको कालोपुल र पौडेल पक्षले बानेश्वरस्थित अर्याल होटलमा बैठक राखेका हुन्।

शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्री भएकाले संगठनबाट विदा लिने तयारीमा छन्। उनले आफू छाड्दा महासचिव दीपक जिएमलाई अध्यक्ष बनाउन चाहेका स्रोतले बतायो ।

स्रोतका अनुसार केन्द्रीय कमिटी र सचिवालयका अधिकांश सदस्य अधिवेशन आयोजक कमिटी बनाएर जानुपर्ने पक्षमा उभिएका छन्।

अधिवेशन आयोजक कमिटी बनाएर जादा दीपकलाई अध्यक्ष बनाउने निष्कर्षसहित अध्यक्ष शाही अघि बढ्दा विवाद भएको स्राेतको दाबी छ ।

विवाद मिलाउन पार्टीका नेताहरूले कोसिस गरे पनि नमिल्दा समानान्तर भेलासम्म पुगेको हो।