काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट युवासंघमा विवाद चर्किएको छ। अध्यक्ष नरेश शाही पक्ष र उपाध्यक्ष नितेश पौडेल पक्षले शनिबार समानान्तर सचिवालय बैठक राखेका छन्। शाही पक्षले काठमाडौँको कालोपुल र पौडेल पक्षले बानेश्वरस्थित अर्याल होटलमा बैठक राखेका हुन्।
शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्री भएकाले संगठनबाट विदा लिने तयारीमा छन्। उनले आफू छाड्दा महासचिव दीपक जिएमलाई अध्यक्ष बनाउन चाहेका स्रोतले बतायो ।
स्रोतका अनुसार केन्द्रीय कमिटी र सचिवालयका अधिकांश सदस्य अधिवेशन आयोजक कमिटी बनाएर जानुपर्ने पक्षमा उभिएका छन्।
अधिवेशन आयोजक कमिटी बनाएर जादा दीपकलाई अध्यक्ष बनाउने निष्कर्षसहित अध्यक्ष शाही अघि बढ्दा विवाद भएको स्राेतको दाबी छ ।
विवाद मिलाउन पार्टीका नेताहरूले कोसिस गरे पनि नमिल्दा समानान्तर भेलासम्म पुगेको हो।