• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको गठबन्धन



एमाले सांसद किरणकुमार शाह

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहनुभएको छ ।

त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएके छ । उहाँको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक रहनुभएको छ भने एमाले सांसद अस्मा कुमारी चौधरी समर्थक बन्नुभएको छ ।

संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ ।